अस्ट्रेलियालाई छैटौँ विश्वकप उपाधि
सोमबार, १५ फागुन २०७९, ०७ : ००
केपटाउन । दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैटौँपटक महिला टी–२० विश्वकपको उपाधि जितेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सकेको हो ।
दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई चुनौती दिने प्रयास गरे पनि सुस्त सुरुवातपछि टोलीका ब्याटरहरु अस्ट्रेलियाको स्तरीय बलिङसामु संघर्ष गर्नुपरेको थियो । लाउरा वुल्भाडर्टले ६१ रन तथा क्लेई ट्रायोनले २५ रन बनाएपछि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् ।
यसअघि प्लेयर अफ द म्याच घोषित बेथ मुनीको ७४ रनको मद्दतले अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । अस्ट्रेलियाको लगातार तेस्रो विश्वकप उपाधि हो । टोलीले पछिल्ला ७ प्रतियोगितामध्ये ६ वटामा उपाधि जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण