परिक्रमा यात्री आज कञ्चनवनमा, भंगहा नगरपालिकामा सार्वजनिक बिदा
सोमबार, १५ फागुन २०७९, १० : ०१

जनकपुरधाम । मिथिलाको प्रसिद्ध १५ दिने मिथिला मध्यामिकी परिक्रमा यात्रीहरु आज एकाबिहानै महोत्तरीको कञ्चनवन आइपुगेका छन् । फागुनको औंशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहारको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरी १ सय २० किलोमिटर भू–भाग साधु सन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्दछन् ।
यसैबिच महोत्तरीको भंगहा नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । यस वर्ष पनि नगरपालिकाले परिक्रमा यात्रीलाई स्वागत गर्न सार्वजनिक बिदा दिएको छ । आजै कञ्चनवनमा होली मिलन समारोह आयोजना गरेको मेयर सञ्जिव साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात