परिक्रमा यात्री आज कञ्चनवनमा, भंगहा नगरपालिकामा सार्वजनिक बिदा
सोमबार, १५ फागुन २०७९, १० : ०१
जनकपुरधाम । मिथिलाको प्रसिद्ध १५ दिने मिथिला मध्यामिकी परिक्रमा यात्रीहरु आज एकाबिहानै महोत्तरीको कञ्चनवन आइपुगेका छन् । फागुनको औंशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहारको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरी १ सय २० किलोमिटर भू–भाग साधु सन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्दछन् ।
यसैबिच महोत्तरीको भंगहा नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । यस वर्ष पनि नगरपालिकाले परिक्रमा यात्रीलाई स्वागत गर्न सार्वजनिक बिदा दिएको छ । आजै कञ्चनवनमा होली मिलन समारोह आयोजना गरेको मेयर सञ्जिव साहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण