स्ववियू चुनाव : वैद्य, बास्तोला र नेपाली पक्षका विद्यार्थी संगठनबीच कार्यगत एकता
काठमाडौँ । आगामी चैत ५ गते हुने स्ववियू चुनावमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा मशाल निकट अखिल छैटौं एक भएर जाने भएका छन् । आइतबार बैठक बसेर बैद्य, बास्तोला र नेपाली पक्षका विद्यार्थी संगठन एउटै घोषणापत्र लिएर चुनावमा जाने निर्णय गरेका हुन् ।
पार्टी एकता हुनेगरी वैद्य, बास्तोला र नेपालीले छलफल गरेपछि स्ववियू चुनावमा समेत सहकार्य गरेर जाने निर्णय भएको वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए । ‘हामी तीन पार्टी एकता गर्ने लगभग निश्चित जस्तै छ । अब स्ववियू चुनाव तत्काल आउन लागिसक्यो’ गजुरेलले भने, ‘त्यसैले तीन पार्टीका विद्यार्थी संगठन एउटै घोषणापत्र लिएर चुनावमा जाँदै छौं ।’ स्ववियू चुनामा कार्यदल बनाएर उम्मेदवार तय गरिने गजुरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण