आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

केपी ओली कप : आर्मीलाई हराउँदै सातदोबाटो फाइनलमा

सोमबार, १५ फागुन २०७९, १२ : ५३
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६–५ गोल अन्तरले हराउँदै सातदोबाटो फाइनल पुगेको हो । एन्फा कम्प्लेक्समा निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा सातदोबाटोका सुदिप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसीडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गरे ।

दिपकराज ठकुरीले गोल गर्न सकेनन् । यता आर्मीका दिनेश हेन्जन, टेकबहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दिपक गुरुङले गोल गरे । सुदिल राईले गोेल गर्न सकेनन् ।

अब फाइनलमा सातदोबाटोले आयोजक केपी ओली एफसी र मछिन्द्र फुटबल क्लब बीचको विजेतासँग खेल्नेछ । वर्षाका कारण दोस्रो हाफ प्रभावित भएको दुई टोली बीचको खेलको दोस्रो हाफ आज हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप