केपी ओली कप : आर्मीलाई हराउँदै सातदोबाटो फाइनलमा
सोमबार, १५ फागुन २०७९, १२ : ५३
काठमाडौँ । सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६–५ गोल अन्तरले हराउँदै सातदोबाटो फाइनल पुगेको हो । एन्फा कम्प्लेक्समा निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा सातदोबाटोका सुदिप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसीडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गरे ।
दिपकराज ठकुरीले गोल गर्न सकेनन् । यता आर्मीका दिनेश हेन्जन, टेकबहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दिपक गुरुङले गोल गरे । सुदिल राईले गोेल गर्न सकेनन् ।
अब फाइनलमा सातदोबाटोले आयोजक केपी ओली एफसी र मछिन्द्र फुटबल क्लब बीचको विजेतासँग खेल्नेछ । वर्षाका कारण दोस्रो हाफ प्रभावित भएको दुई टोली बीचको खेलको दोस्रो हाफ आज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण