पोखरामा सेगवेको नयाँ शोरुम खुल्यो
काठमाडौँ । सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहबले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम संचालनमा ल्याएको छ । नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरूलाई सेगवेको मौलिक उत्पादनहरूको अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।
शोरुमको सुरुवातसँगै, फर्मले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताको रूपमा आफ्ना ग्राहकहरूको सम्मानमा नयाँ रूख रोपण अभियान घोषणा गरेको छ ।
‘बिक्रीको अतिरिक्त, पोखराको सेगवे शोरुमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउनेछ । शोरुममा प्रशिक्षित प्राविधिक टोली रहनेछन् जसले कुनै पनि सेगवे स्कुटरको लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन् । टोलीले ग्राहकहरूकोे सेगवे स्कुटरहरूमा गरेकोे लगानी उत्कृष्ट रहेको सुनिश्चित गर्दै कसरी मर्मत गर्ने बारे सल्लाह प्रदान गर्नेछन् ।
यो शोरुमको सञ्चालनसँगै सेगवेले नेपालभरका बिक्री र सेवा केन्द्रहरूको नेटवर्कमा उत्कृष्टता थप्ने विश्वास कम्पनीले लिएको छ । यो शोरुम ३एस सुविधा सम्पन्न रहेको छ, बिक्री सेवा र स्पेयर पार्ट्सका साथ ग्राहकहरूले विश्वासका साथ सेगवेका उत्पादनहरू खरिद गर्न सक्नेछन्’, कम्पनीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण