शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरे, श्यामल र खतिवडालाई वासु शशी पुरस्कार

सोमबार, १५ फागुन २०७९, १४ : १९
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकारहरू हिरण्य भोजपुरे, श्यामल र डा. गोपीकृष्ण खतिवडालाई सम्मान गर्ने भएको छ । सो परिषद्ले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई  ‘वासु शशी साहित्य सम्मान २०७९’ प्रदान गर्ने निर्णय गरेको छ । 

यसैगरी साहित्यकार श्यामललाई नगद राशि रु. २५ हजार र सम्मानपत्रसहित ‘वासु शशी साहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी अनुसन्धानकर्ता उपप्राध्यापक डा. गोपीकृष्ण खतिवडालाई नगद राशि रु. २१ हजार र सम्मानपत्रसहित ‘वासु शशी शोध पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । 

सो निर्णय परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७औँ जन्मजयन्तीका अवसरमा आगामी चैत १३ गते प्रदान गरिने परिषद्का सचिव प्रद्युम्न जोशीले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप