भोजपुरे, श्यामल र खतिवडालाई वासु शशी पुरस्कार
काठमाडौँ । वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकारहरू हिरण्य भोजपुरे, श्यामल र डा. गोपीकृष्ण खतिवडालाई सम्मान गर्ने भएको छ । सो परिषद्ले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई ‘वासु शशी साहित्य सम्मान २०७९’ प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी साहित्यकार श्यामललाई नगद राशि रु. २५ हजार र सम्मानपत्रसहित ‘वासु शशी साहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी अनुसन्धानकर्ता उपप्राध्यापक डा. गोपीकृष्ण खतिवडालाई नगद राशि रु. २१ हजार र सम्मानपत्रसहित ‘वासु शशी शोध पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
सो निर्णय परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७औँ जन्मजयन्तीका अवसरमा आगामी चैत १३ गते प्रदान गरिने परिषद्का सचिव प्रद्युम्न जोशीले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण