शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

यी सङ्केतले बताउँछन् तपाईंको शरीरले पाइरहेको छैन पर्याप्त प्रोटिन, बेवास्ता नगर्नुहोस्

सोमबार, १५ फागुन २०७९, १५ : ३१
सोमबार, १५ फागुन २०७९

प्रोटिन एक माइक्रोन्युट्रियन्ट्स हो जुन अमिनो एसिडबाट मिलेर बन्छ । शरीरलाई ठिक ढङ्गले चलाउनका लागि विभिन्न खालको पोषक तत्त्वको आवश्यकता हुन्छ, प्रोटिन पनि तीमध्ये एक हो । यो मांसपेशीका लागि बिल्डिङ ब्लक्सको रूपमा परिचित छ । प्रोटिन मांसपेशीको मर्मत सम्भारका लागि मात्रै आवश्यकता नभई शरीरलाई ऊर्जा दिन र हर्मोन्सलाई नियन्त्रित गर्ने काम पनि गर्छ । एक वयस्क व्यक्तिलाई दैनिक आफ्नो शरीरको भारको हिसाबले प्रति किलो ८ ग्राम प्रोटिन आवश्यकता पर्छ ।  शरीरमा प्रोटिनको कमीले विभिन्न खालका समस्या हुन्छन् । आज हामी तपाईँलाई यस्ता केही सङ्केतबारे जानकारी दिँदै छौँ जुन शरीरमा प्रोटिनको कमी हुँदा देखिने गर्छ । 

कमजोरी, मांसपेशीको क्षय, थकान

खानामा प्रोटिनको कमी हुँदा कमजोरी, थकान र मांसपेशी क्षयको सामना गर्नुपर्छ । यस्तो यस कारण किनभने जब शरीरमा प्रोटिनको मात्रा कम हुन्छ तब हाम्रो शरीरको भरपाईका लागि स्केलेटन मसल्सबाट प्रोटिनको आवश्यकता पूरा हुन्छ । समयका साथै, यसले मांसपेशीलाई क्षति पुर्याउन सुरु गर्छ । जसका कारण बिस्तारै शरीरको शक्ति कम हुन थाल्छ र मेटाबोलिजम पनि निकै स्लो हुन्छ । त्यसैले कमजोरी र थकानको सामना गर्नुपर्छ ।

घाउ निको हुन समय लाग्नु

यदि तपाईँलाई कुनै दुर्घटनाका कारण चोट लागेको छ वा तपाईंको कुनै शल्यक्रिया भएको छ भने प्रोटिनको कमी हुँदा घाउ निको हुन धेरै नै समय लाग्छ । यसको कमीले नयाँ कोशिका बन्न समय लाग्छ । त्यसैले घाउ छिटो निको हुँदैन ।

भोक धेरै लाग्नु

यदि तपाईँलाई खाना खाएपछि पनि भोक लाग्छ वा सधैँ भरी खाना खाइरहन मन लाग्छ भने यो शरीरमा प्रोटिनको कमीको एक सङ्केत पनि हुनसक्छ । प्रोटिन एउटा यस्तो माइक्रोन्युट्रियन्ट्स हो जसले तपाईँलाई लामो समयसम्म पेट भरिएको महसुस गराउँछ । तर डाइटमा प्रोटिनको मात्रा कम हुँदा तपाईँलाई धेरै भोक लागेको महसुस हुन्छ ।

प्रतिरोधी क्षमता कमजोर हुनु

शरीरमा प्रोटिनको कमी हुँदा तपाईँ बारम्बार बिरामी परिरहन सक्नुहुन्छ । प्रतिरोधी क्षमताका लागि प्रोटिन निकै आवश्यक मानिन्छ । यसले तपाईँलाई भाइरस र ब्याक्टेरियाबाट टाढा राख्न मद्दत गर्छ । यसबाहेक इम्युनल सेल्स अमिनो एसिडसँग मिलेर बनेको हुन्छ जुन एक प्रकारको प्रोटिन हो । यस्तोमा प्रोटिनको सेवन सही मात्रामा गर्दा तपाईंको शरीर भाइरल र ब्याक्टेरियल सङ्क्रमणबाट जोगिने गर्छ ।

कपाल, छाला र नङमा समस्या

शरीरमा प्रोटिनको कमी हुँदा यसको असर नङ, छाला र कपालमा देखिने गर्छ । प्रोटिनको कमी हुँदा नङ कमजोर, छाला सुख्खा र कपाल पातलो हुने गर्छ । यस्तो यस कारण हुन्छ किनभने कपाल, नङ र छाला केही विशेष खालको प्रोटिन जस्तै इलास्टिन, कोलेजन र केराटिनबाट मिलेर बनेको हुन्छ । त्यसैले शरीरमा प्रोटिनको कमी हुँदा यसको असर यी भागमा पनि देखिने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप