पीएनजीद्धारा नेपाललाई २०४ रनको लक्ष्य
काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनी(पीएनजी)ले नेपाललाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको हो ।
पीएनजीका लागि काड सोपारले अविजित ३६ रन बनाए । त्यस्तै कप्तान असद भाला ३६ रन बनाउँदा सेसे बाउ पनि ३१ रनमा आउट भए ।
पीएनजीका किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाए ।
नेपालका लागि गुलशन झाले तीन विकेट लिए । त्यस्तै कुशल मल्लले २ विकेट लिँदा करण केसी,सोमपाल कामी,प्रतिश जी.सीको नाममा समान एक÷एक विकेट रह्यो ।
आजको खेलमा नेपाल जित निकाल्ने योजनामा छ । नेपालले आजको खेल जितेमा एकदिवसीय मान्यता जोगाउने कुरामा अझै सहज हुनेछ ।
नेपालले दोस्रो खेल मार्च २ मा घरेलु टोलीसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण