पीएनजीद्धारा नेपाललाई २०४ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनी(पीएनजी)ले नेपाललाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको हो ।
पीएनजीका लागि काड सोपारले अविजित ३६ रन बनाए । त्यस्तै कप्तान असद भाला ३६ रन बनाउँदा सेसे बाउ पनि ३१ रनमा आउट भए ।
पीएनजीका किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाए ।
नेपालका लागि गुलशन झाले तीन विकेट लिए । त्यस्तै कुशल मल्लले २ विकेट लिँदा करण केसी,सोमपाल कामी,प्रतिश जी.सीको नाममा समान एक÷एक विकेट रह्यो ।
आजको खेलमा नेपाल जित निकाल्ने योजनामा छ । नेपालले आजको खेल जितेमा एकदिवसीय मान्यता जोगाउने कुरामा अझै सहज हुनेछ ।
नेपालले दोस्रो खेल मार्च २ मा घरेलु टोलीसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल
-
हेर्नुहाेस् राष्ट्र बैङ्कले आजकाे लागि जारी गरेकाे विदेशी मुद्राको विनिमय दर
-
आज ज्येष्ठ शुक्ल एकादशी: घरका मठमा तुलसीको दल राखिँदै
-
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण
-
अतिक्रमित पुरैना ताल पुनर्स्थापना गरिँदै