युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य घर भइ हाल काठमाडौँको कालीमाटी बस्ने सुदिश कुमार साह र काभ्रे घर भइ कालीमाटी नै बस्ने सुनिता परियार रहेका छन् ।
उनीहरुले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई साथी बनाउँदै ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले उनीहरुले आफू मलेसियाको नागरिक भएको र हाल युकेमा डेन्टिस डाक्टर पेशा गर्ने भन्दै पीडितहरुलाई प्रभाव पार्ने गरेका थिए ।
पीडितहरुलाई सुनिता परियारको नाममा तेइस लाख बराबरको रकम पठाउन लगाइ अनलाईन मार्फत ठगी गरेका थिए । यसबारे ४ जनाको उजुरी परेको भन्दै प्रहरीले अभियुक्तहरुलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण