बालुवाटारबाट ४.५५ मेगावाटको हाइड्रोपावरको उद्घाटन
काठमाडौँ । गोरखाको धार्चे गाउँपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ४.५५ मेघावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।
सोमवार प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहका बीच प्रचण्डले विद्युत् आयोजनको भर्चुअल रूपमा टरबाईन सञ्चालन गरी समुद्घाटन गरेका हुन् ।
त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताए । उनले आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको जनाउँदै गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको सुरुवात भएको उल्लेख गरे ।
प्रधानमन्त्रीले विगतका दिनहरूमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको जनाउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए । प्रधानमन्त्री प्रचण्डले गोरखाको जनप्रतिनिधिको हैसियतले लगानीकर्ताहरूलाई विशेष धन्यवादसमेत दिए । उनले हाइड्रोको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरू पनि अगाडि बढाउने विश्वास लिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा संलग्न गैरआवासीय नेपालीहरु र स्थानीय लगानीकर्ताहरुको योगदानका लागि विशेष धन्यवाद व्यक्त गर्दै एनआरएनएहरुलाई थप लगानी गर्न आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डले १३२ केभिएको ट्रान्समिसन लाइन धार्चे गाउँपालिका माछाखोलामा निर्माणको लागि सरकारले तत्काल काम शुरु गर्ने समेत बताए । उनले सरकारको अवको लक्ष्य सुशासन र विकास नै रहेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरे ।
कार्यक्रममा गोर्खा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले गोर्खाका विविध समस्याको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउँदै १३२ केभिएको ट्रान्समिसन लाइन धार्चे गाउँपालिका माछाखोलामा निर्माण तत्कालै गर्नुपर्ने बताए । उनले यस्को लागि जग्गाको कुनै समस्या नरहेको जनाउँदै यो नबन्दा धेरै हाईड्रोहरुलाई समस्या भएको बताए ।
कार्यक्रममा विकास हाइड्रो पावरले आफ्नो उत्पादन सुरु गरेकोमा सहकार्य गर्ने सबै र आफ्नो व्यस्त समयको बाबजुद कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्री प्रचण्ड, गोर्खा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य बजगाईँ, गोर्खाका स्थानीय निकायका पदाधिकारीहरूलाई हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानेले धन्यवाद व्यक्त गरे । गोरखा जिल्लाको दुर्गम गाउँमा बनेको यस हाइड्रोमा गैर आवासीय नेपालीहरूको ठुलो लगानी रहेको एनआरएनए आइसिसीका सचिव एवं हाइड्रोका अध्यक्ष न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण