बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणमा चासो
बुटवल । बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम सुरु भएको छ । गत वर्ष भदौ ११ गते चुरे डाँडाबाट खसेको पहिरोले क्षति पु¥याएको बुटवल वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा वडा नम्बर ४ को लक्ष्मीनगरको प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम सुरु भएको हो ।
पहिरो प्रभावित क्षेत्रको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं. ३ का अध्यक्ष विष्णु ढकाल, स्थानीय बासिन्दासहितको टोलीले अवलोकन गरी निर्माणलाई तीव्रता दिने र थप सुरक्षाका उपायका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्नेतर्फ चासो देखाएको हो ।
अहिले ज्योतिनगर र मिलन पथ क्षेत्रमा पहिरोले थुपारेको डुङ्गा–माटो हटाउने र नाली बनाएर सम्भावित बाढी तर्काउने काम जारी रहेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।
पहिरो नियन्त्रणका लागि चालु आर्थिक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदानअन्तर्गत ४ करोड ५० लाख र विपद् प्राधिकरणमार्फत ४५ लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टलगायतका जोखिम न्यूनीकरण गर्ने गरी काम भइरहेको शहरी पूर्वाधार महाशाखाका अधिकृत गोविन्द पंगेनीले बताए ।
गत वर्षको पहिरोले १५ घर पूर्ण रुपमा क्षति भएको थियो भने ३० घरमा आंशिक क्षति भएको थियो । यस्तै, १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण