ओलम्पिक छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा
काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि आगामी महिला ओलम्पिक फुटबल एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।
राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन् । प्रतियोगिताको बन्द प्रशिक्षण फागुन ३ गतेदेखि एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।
छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने छ । नेपालको खेल समूह ‘सी’ मा अफगानिस्तान र भियतनामसँग छ । अफगानिस्तानले अप्रिल ५ मा भियतनामसँग खेलेपछि नेपालले आफ्नो पहिलो खेल अप्रिल ८ मा अफगानिस्तानसँग खेल्नेछ भने अप्रिल ११ मा भियतनामसँग दशरथ रंगशालामा खेल्नेछ ।
प्रतियोगिताको तयारी अन्तर्गत भारतसँगको दुई मैत्रीपूर्ण खेलमा नेपाललाई प्रशिक्षक थापाले नेतृत्व गरेका थिए । नेपालले फेब्रुअरी १५ मा भएको पहिलो खेल २–२ गोलको बराबरीमा खेलेको थियो भने फेब्रुअरी १८ मा भएको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
प्रारम्भिक टोली:
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, विमला विक, सपना राई, अमृता जैशी, हिरा कुमारी भुजेल, निशा ठोकर, समीक्षा घिमिरे, प्रीति राई, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा शाही, सरुका लिम्बु, राई, अमृता जैशी, विमला चौधरी , सविता राना मगर, निर्मला विक, सावित्रा भण्डारी, अमिषा कार्की, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रजनी ठोकर, पूजा राणा, दीपा न्यौपाने, सरस्वती ऐयर, सरस्वती हमाल, अन्चली वाइबा, सिर्जना चेम्जोङ, गंगा कुमार चन्द, मन्जा कुमार गुरुङ , भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर, सारा बज्राचार्य
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण