आत्मनिर्भरको आईपीओमा १६ लाखको आवेदन
काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा मागभन्दा धेरै आवेदन परेको छ । फागुन ४ गतेदेखि बिक्री खुलेको आईपीओमा १६ लाख ९ हजार जनाको आवेदन परेको हो ।
ती आवेदकले करिब १ करोड ७८ लाख कित्ता सेयर माग गरेका छन् । जबकि, कम्पनीले १ लाख ६९ हजार ७५५ कित्ता सेयर मात्रै बिक्री खुलाएको थियो । लघुवित्तले बिक्री खुलाएको आईपीओको तुलनामा १०० प्रतिशत बढी आवेदन परेको छ ।
लघुवित्तले जारी पूँजीको ३२ प्रतिशत आईपीओ बिक्री खुलाएको थियो । लघुवित्तको जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ प्रतिशतले हुन आउने २ लाख ३ हजार ३८० कित्ता सेयर बिक्री खुलाएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित कूल २ करोड ३ लाख ३८ हजार रुपैयाँको आईपीओ बिक्री खुलेको थियो ।
यसमध्ये वैदेशिक रोजगारीमा गएकाहरूलाई २० हजार ३३८ कित्ता सेयर छुट्याइएको थियो । यस्तै, कर्मचारीहरुलाई ३ हजार ११७ कित्ता र सामूहिक लगानी कोषलाई १० हजार १७० कित्ता छुट्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण