शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आत्मनिर्भरको आईपीओमा १६ लाखको आवेदन

सोमबार, १५ फागुन २०७९, २० : ५२
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा मागभन्दा धेरै आवेदन परेको छ । फागुन ४ गतेदेखि बिक्री खुलेको आईपीओमा १६ लाख ९ हजार जनाको आवेदन परेको हो ।

ती आवेदकले करिब १ करोड ७८ लाख कित्ता सेयर माग गरेका छन् । जबकि, कम्पनीले १ लाख ६९ हजार ७५५ कित्ता सेयर मात्रै बिक्री खुलाएको थियो । लघुवित्तले बिक्री खुलाएको आईपीओको तुलनामा १०० प्रतिशत बढी आवेदन परेको छ ।

लघुवित्तले जारी पूँजीको ३२ प्रतिशत आईपीओ बिक्री खुलाएको थियो । लघुवित्तको जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ प्रतिशतले हुन आउने २ लाख ३ हजार ३८० कित्ता सेयर बिक्री खुलाएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित कूल २ करोड ३ लाख ३८ हजार रुपैयाँको आईपीओ बिक्री खुलेको थियो ।

यसमध्ये वैदेशिक रोजगारीमा गएकाहरूलाई २० हजार ३३८ कित्ता सेयर छुट्याइएको थियो । यस्तै, कर्मचारीहरुलाई ३ हजार ११७ कित्ता र सामूहिक लगानी कोषलाई १० हजार १७० कित्ता छुट्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप