थाइल्यान्डमा प्लास्टिक सर्जरी गरेर लागुऔषध व्यापार गर्ने पक्राउ
बैंकक । थाइल्यान्डका एक लागुऔषध व्यापारीले प्रहरीबाट जोगिन प्लास्टिक सर्जरी गरेको खुलेको छ । यसै साता ब्याङ्ककबाट पक्राउ परे पछि उनले प्लास्टिक सर्जरी गरेर अपराध लुकाउन खोजेको रहस्य खुलेको हो ।
न्युज स्काई डटकमका अनुसार आफ्नो अपराधको दुनियाँ लुकाउनका लागि ‘कोरियाली व्यक्तिजस्तो’ मात्रै बनेनन्, थाइल्याडको नाम सहारत सवाङजेङले नाम पनि बदलेर कोरियालीमा सेआङ जमिन राखेका थिए।
प्लास्टिक सर्जरी गरेर रूप बदलेका २५ बर्सिया उनलाई थाइल्यान्ड प्रहरीले तीन महिनादेखि खोजिरहेको थियो। उनले बेचेको लागुऔषध पिछा गर्दै जाँदा उनी उ बैंककमा पक्राउ गरेका परेका हुन ।
उनको बारेमा जानकारी दिनेहरूले उनलाई ‘सुन्दर कोरियाली युवा’ भन्ने गरेका थिए । प्रहरीका अनुसार पक्राउ पर्दा उनले आफू थाइल्यान्डमा बस्न दिक्क लागेर कोरियामा नयाँ जीवन सुरु गर्न चाहेको बताएका छन्।
थाइल्यान्ड प्रहरीका अनुसार यसअघि तीन पटक गरी तीन वर्ष जेल बसिसके थिए भने उनी पछिल्लो पटक हिरासतबाट भागे पछि प्लास्टिक सर्जरी गरेर लागु औषधको व्यापार गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण