पारिवारिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र भारतमा
मङ्गलबार, १६ फागुन २०७९, १६ : ४०
१

काठमाडौँ । पारिवारिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा गएका छन् । उनी पत्नी तथा पूर्वरानी कोमल र परिवारका केही सदस्यसमेत लिएर भारत भ्रमणमा गएका हुन् ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले सोमबार पूर्वराजा भारत भ्रमणमा गएको बताएपनि भारतमा के–कस्तो कार्यक्रम रहेकोबारे आफूलाई थाहा नभएको बताए ।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित झापामा आयोजित एक औपचारिक कार्यक्रममा देखिएका थिए । त्यहाँ उनी दुर्गा प्रसाईँले सुरु गरेको अभियानमा सहभागी हुन पुगेका थिए ।
उनले प्रजातन्त्र दिवसको अवसरमा दलहरुसँग सहकार्यको प्रस्ताव समेत गरेका थिए । पछिल्लो समय राजनीतिक दलहरुको कार्यशैलीको खुलेर आलोचना गर्दै आएका पूर्वराजाको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफल दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक