पारिवारिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र भारतमा
मङ्गलबार, १६ फागुन २०७९, १६ : ४०
१
काठमाडौँ । पारिवारिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा गएका छन् । उनी पत्नी तथा पूर्वरानी कोमल र परिवारका केही सदस्यसमेत लिएर भारत भ्रमणमा गएका हुन् ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले सोमबार पूर्वराजा भारत भ्रमणमा गएको बताएपनि भारतमा के–कस्तो कार्यक्रम रहेकोबारे आफूलाई थाहा नभएको बताए ।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित झापामा आयोजित एक औपचारिक कार्यक्रममा देखिएका थिए । त्यहाँ उनी दुर्गा प्रसाईँले सुरु गरेको अभियानमा सहभागी हुन पुगेका थिए ।
उनले प्रजातन्त्र दिवसको अवसरमा दलहरुसँग सहकार्यको प्रस्ताव समेत गरेका थिए । पछिल्लो समय राजनीतिक दलहरुको कार्यशैलीको खुलेर आलोचना गर्दै आएका पूर्वराजाको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण