रातको समयमा काठमाडौँको टोखामा सहकारी चोर्ने पक्राउ
मङ्गलबार, १६ फागुन २०७९, १७ : २९
काठमाडौँ । रातको समयमा काठमाडौँको टोखामा सहकारी चोरी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी घर भई काठमाडौँको तारकेश्वरमा बस्ने रूप बहादुर तामाङ रहेका छन् ।
उनले माघ ३ गते टोखाको मिसास बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडी सेफसहित नगद २ लाख चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बसुन्धाराबाट चोरी गर्न प्रयोग भएको औजार तथा नगद सहित पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण