तालिबान सेनाको कारबाहीमा इस्लामिक स्टेट्सका कमाण्डर मारिए
काबुल । अफगानिस्तानको राजधानीमा कूटनीतिक नियोगहरूविरुद्ध हमला गर्ने योजना बनाएको कथित इस्लामिक स्टेट्स कमाण्डरलाई तालिबान सेनाले मारेको एक सरकारी अधिकारीले बताएका छन् । अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा हिंसा नाटकीय रूपमा घटेको छ ।
तालिबान सेनाले आइएसका क्षेत्रीय गुप्तचर तथा सञ्चालन प्रमुख कारी फतेहलाई आइतबार राति गरेको एक कारबाहीको क्रममा मारिएका तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक विज्ञप्तिमा भनेका छन् ।
“काबुलमा कूटनीतिक नियोगहरू, मस्जिदहरू र अन्य लक्ष्यहरू विरुद्धको हालैका कारबाहीहरू प्रत्यक्ष रूपमा मास्टरमाइन्ड गरेका थिए’, मुजाहिदले विज्ञप्तिमा थप जानकारी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ,'काबुलको खैर खाना क्षेत्रमा रहेको अर्को एक कारबाहीमा एक अन्य आईएस सदस्य मारिएका छन् ।' उक्त छिमेकका बासिन्दाहरूले आइतबार राति ठूलो आवाजमा गोली चलेको जानकारी दिएका थिए । (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण