आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ढुक्कसँग कोरोनाविरुद्धको दोस्रो बुस्टर खोप लगाउन चिकित्सकको आग्रह

बुधबार, १७ फागुन २०७९, ०६ : २६
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको दोस्रो बुस्टर मात्रा खोप दिने भएको छ । यो खोप काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाउनु सुरु गरिएको छ भने स्थानीय तहमा खोप पठाइसकेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप सेवा शाखाको प्रमुख डा अभियान गौतमका अनुसार पहिलो चरणमा ५५ वर्षमाथिका सबैलाई खोप दिइने छ । साथै स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घरोगी रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई लक्षित गरी दोस्रो मात्रा बुस्टर डोज खोप दिने भएको हो । 

पूर्ण खोप लगाएको तीन महिना पूरा भएका, पहिलो बुस्टरडोज लगाउन छुटेका र पहिलो बुस्टर डोज खोप लगाएका छ महिना पूरा भएकालाई दोस्रो बुस्टर मात्रा खोप लगाउन डा गौतमले आग्रह गरे ।  कोरोना भाइरसबाट सङ्क्रमण भएकाहरुले सङ्क्रमणमुक्त भएको एक महिनापछि मात्र बुस्टर डोज लगाउन मिल्ने गौतम बताउछन् ।  

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार सो अभियानका लागि सरकारले कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्टको १५ लाख डोज खोप प्राप्त गरेको छ । डा गौतमका अनुसार, सरकारले खोप सबै प्रदेशमा पठाइसकेको छ र लक्षित जनसङ्ख्या पहिचान गरी प्रदेश सरकारले खोप लगाउन सुरु गरिसकेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप