हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु
काठमाडौँ । हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि– मनसुन तीन महिनासम्म रहनेछ । प्रि– मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उनले बताइन् ।
प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जन/चट्याङ्का साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् । यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ ।
स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिइन् । उनका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडौँ, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो । यस वर्षको हिउँदमा उच्च पहाडी र हिमाली जिल्लामा न्यून हिमपात भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण