ग्रिस रेल दुर्घटना : मृतकको संख्या ३२ पुग्यो
एथेन्स । ग्रीसमा मङ्गलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ ।
ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मङ्गलबार साँझ तीन सय ५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ८५ भन्दा बढी घाइते भएका ग्रीसको फायर सर्भिसले जनाएको छ ।
उद्धारको प्रयास जारी छ र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ग्रिसमा रेल दुर्घटनामा परी ३२ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको मृत्यु हुनुको साथै अन्य ८५ घाइते भएका ग्रिसका अधिकारीहरुले पुष्टि गरेका छन् ।
दुई रेलहरू बीचको टक्करको गम्भीरताका कारण क्रेन बोक्ने सवारीहरूले निकाल्ने काममा सहयोग गरिरहेका फायर ब्रिगेडले एक विज्ञप्तिमा जानकारी दिइएको छ । ग्रीक फायर सर्भिसका प्रवक्ता भासिलिस वार्थाकोगियानिसले एक सय ९४ यात्रुलाई सुरक्षित रूपमा थेसालोनिकी लगिएको सीएनएनले जनाएको छ । (रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण