शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा लागूऔषध तस्करीको अभियोगमा १० जना पक्राउ

बुधबार, १७ फागुन २०७९, १४ : ३२
बुधबार, १७ फागुन २०७९

हेरात । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा अफगान प्रहरीले १० जनालाई पक्राउ गरेको छ । 

प्रान्तीय प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार कथित तस्करहरूलाई प्रान्तीय राजधानी हेरातबाट २९ किलो चरेस र हेरोइन उत्पादनमा प्रयोग हुने सामग्रीका साथ पक्राउ गरिएको हो ।

यसैबीच, अफगानिस्तानको ‘काउन्टर नोर्कोटिक्स पुलिस’ले गत शनिबार उत्तरी सामगन र पश्चिमी फराह प्रान्तमा लागूऔषध तस्करीमा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको थियो ।

अफगानिसतानको तालिवान प्रशासनले चरेस उत्पादन एवम् प्रशोधनमा प्रतिबन्ध लगाएको छ भने लागूऔषध ओसारपसारलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ । (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप