एलपी ग्यासमा निगमलाई प्रतिसिलिन्डर ६३५ रुपैयाँ घाटा !
काठमाडौँ । खाना पकाउने एलपी ग्यासमा नेपाल आयल निगमलाई प्रतिसिलिन्डर ६३५ रुपैयाँ घाटा हुने भएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमलाई प्रतिसिलिन्डर एलपी ग्यासमै ६३५ रुपैयाँ घाटा हुने भएको हो । आईओसीले आज पठाएको नयाँ मूल्य सूचीअनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको छ । यससँगै एलपी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ ।
यसअघि खाना पकाउने एलपी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २ हजार ९६ रुपैयाँ थियो । यो मूल्यअनुसार निगमलाई प्रतिसिलिन्डर २९६ रुपैयाँ घाटा थियो । तर, आज प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमलाई सिलिन्डरमा ६३५ रुपैयाँ घाटा हुने भएको हो । निगमले उपभोक्तालाई एलपी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँमा बिक्री गर्दै आइरहेको छ ।
यससँगै, निगमलाई एक महिनामा एलपी ग्यासको बिक्रीबाट १ अर्ब ८६ करोड रुपैयाँ घाटा हुने भएको छ । १५ दिनको अवधिमा मात्रै निगमलाई एलपी ग्यासको बिक्रीबाट ९३ करोड रुपैयाँ घाटा हुने प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा भारतबाट ३३ अर्ब ३४ करोड २९ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ । यस अवधिमा उक्त मूल्य बराबरको २९ करोड ३९ लाख २२ हजार किलोग्राम एलपी ग्यास आयात भएको छ । यसबापत राज्यले ६ अर्ब २१ करोड रुपैयाँ राजश्व आर्जन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण