मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुँदै लोसपा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने भएको छ । आठ दलीय सत्ता गठबन्धनमा सहभागी लोसपाले संघीय सरकार र प्रदेश सरकारमा पनि सहभागी हुने भएको हो । लोसपाका कार्यकारिणी समिति सदस्य सर्वेन्द्रनाथ शुक्लाले मधेस प्रदेश र लुम्बिनी प्रदेशमा सहभागी हुने बताएका हुन् ।
सत्ताधारी गठबन्धनमा सहभागी भइसकेपछि सरकारमा जाने कुरा स्वाभाविक हुने भन्दै उनले प्रदेश सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको जानकारी दिए । लोसपाको मधेस प्रदेशमा ९ र लुम्बिनी प्रदेशमा तीन जना सांसद छन् । लोसपाका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले आफ्नो पार्टी केन्द्रको सरकारमा सहभागी हुने भएपछि प्रदेश सरकारमा पनि सहभागी हुने बताए ।
उनले भने, ‘सत्ता गठबन्धनको हिस्सा भइसकेपछि सरकारमा सहभागी हुने कुरा भइनै हाल्छ तर केन्द्रदेखि प्रदेशसम्म एउटै खालको निर्णय हुन्छ, केन्द्रको सरकारमा सहभागी हुने निर्णय भयो भने प्रदेशमा पनि सरकारमा सहभागी हुने निर्णय हुन्छ ।’
लोसपाले यसअघि नै मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महानगरपालिकासहित ७५३ स्थानीय तहलाई २ खर्ब ९५ अर्ब हस्तान्तरण, कसले कति पाए ?
-
कोसेलीका रूपमा विदेश पुग्छ म्याग्दीको रातो च्याउ
-
७ प्रदेशका लागि १ खर्ब ५ अर्ब वित्तीय हस्तान्तरण : कुन प्रदेशले कति पाए ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : अपराधीलाई कारबाहीको माग गर्दै प्रदर्शन (तस्बिरहरु)
-
बजेटबाट कुन कुन व्यवसायले पाए कर छुट र मिनाहा ?
-
कांग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन