संख्याको हिसाबले हामी प्रतिपक्ष हौं : कांग्रेस, सरकारलाई समर्थन नरहेकाले आफूहरू प्रतिपक्ष रहेको एमालेको दाबी
काठमाडौँ । संसद्का दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दलमा आफ्नो दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसद्को पहिलो दल कांग्रेस र दोस्रो दल एमालेले विश्वासको मत दिएका थिए ।
सरकारलाई विश्वासको मत दिएपनि आफू सरकारमा सहभागी नभएको भन्दै कांग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो । राष्ट्रपतिको उम्मेदवारको विषयमा तत्कालीन सत्तारुढ गठबन्धन विभाजित भएपछि गत सोमबार एमालेले सरकार छाडेको थियो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।
यससँगै एमालेले आफूहरू प्रमुख प्रतिपक्ष भएको दाबी गरेको छ । कुन–कुन दल सत्तापक्ष र कुन–कुन दल प्रतिपक्ष हुन् भन्ने यकिन नभइसकेको अवस्थामा बुधबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गतेसम्मका लागि स्थगित भएको छ । कांग्रेस र एमाले भने आफूलाई प्रमुख प्रतिपक्षी भएको तर्क पेस गरिरहेका छन् ।
यसै सन्दर्भमा बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस पार्टी प्रमुख प्रतिपक्षी दल भएको बताए । उनले प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवा रहेको पनि उल्लेख गरे । कांग्रेस सरकारमा नजाँदासम्म संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहने उनको भनाई छ । एमाले पनि सरकारमा नरहेको अवस्था भएमा संख्यात्मक हिसाबले कांग्रेस अगाडि रहेकाले कांग्रेस नै प्रमुख प्रतिपक्षी दल हुने उनले बताए ।
त्यस्तै न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्माले एमाले सरकारमा नरहेको र समर्थन पनि नगरेकाले प्रमुख प्रतिपक्षी भएको बताए । उनले आफूहरुले औपचारिक रुपमै प्रमुख प्रतिपक्षी भएको दाबी गरिसकेको स्पष्ट पारे । यद्यपि को प्रमुख प्रतिपक्षी दल हो भन्ने कुरा निरूपण गर्ने काम संसद् सचिवालयको भएको उनले बताए ।
त्यसैगरी न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै एमालेका केन्द्रीय सदस्य सांसद ठाकुर गैरेले एमाले संसद्को प्रतिपक्षी बेन्चमा बस्ने बताए । एमाले प्रतिपक्षी भएर जनताको आवाज संसद् र सडकबाट उठाउने उनले बताए ।
उनले एमाले सरकारमा रहँदापनि कांग्रेसले सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै काँग्रेस सत्तापक्ष अथवा प्रतिपक्ष दुवै हैसियतमा बस्न नसकेको टिप्पणी गरे । उनले कांग्रेसको परिचय खुल्न नसकेको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण