बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

बुधबार, १७ फागुन २०७९, २० : ११
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपाल आयल निगमले भने नघटाउने निर्णय गरेको छ । 

आईओसीले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर बुधबार नयाँ मूल्यसूची पठाएको थियो । 

तर नेपाल आयल निगमले भने मूल्य यथावत् रहने जनाएको छ । निगमले उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने जनाएको हो ।

यस्तै निगमले अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आएपनि नेपालमा नबढाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै मूल्य वृद्धि नगर्ने निर्णय गरेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य रु ३३९.०६ बढेर आएको छ ।

एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा करिब ४० करोड रुपैयाँ नाफा हुने देखिएको छ ।

n 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप