नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने
काठमाडौँ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपाल आयल निगमले भने नघटाउने निर्णय गरेको छ ।
आईओसीले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर बुधबार नयाँ मूल्यसूची पठाएको थियो ।
तर नेपाल आयल निगमले भने मूल्य यथावत् रहने जनाएको छ । निगमले उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने जनाएको हो ।
यस्तै निगमले अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आएपनि नेपालमा नबढाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै मूल्य वृद्धि नगर्ने निर्णय गरेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य रु ३३९.०६ बढेर आएको छ ।
एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा करिब ४० करोड रुपैयाँ नाफा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण