नेविसङ्घले स्ववियू निर्वाचनका लागि प्रतिनिधि खटायो
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई लक्षित गरी उपत्यकाका ३५ क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटाएको छ । नेविसङ्घले आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउनका लागि आज उपत्यकाका ३५ क्याम्पसमा नेविसङ्घका नेतालाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको हो ।
नेविसङ्घ केन्द्रीय स्ववियु निर्वाचन प्रचारप्रसार समितिका संयोजक इञ्जिनीयर भुवन भट्टले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीका लागि फागुन १९ गते क्याम्पसमा सङ्गठन दर्ता गर्दा उत्साहजन सहभागिता गराउन र आफ्नो उम्मेदवारलाई विजय गराउनका लागि केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिए ।
नेविसङ्घले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रविन कैनी, पद्मकन्या क्याम्पसमा करिना पुरी, त्रिचन्द्र क्याम्पसमा सुवास पौडेल, शङ्करदेव क्याम्पसमा विष्णुहरि खड्का, महाराजगञ्ज चिकित्सा क्याम्पसमा विनोद शाही ठकुरी, पशुपति बहुमुखी क्याम्पसमा जयराम बडाल, वाल्मिकी क्याम्पसमा अर्चना रेग्मी, ग्रामीण आदर्श क्याम्पसमा सुशान्त आचार्य र अमृत क्याम्पसमा ताराबहादुर थापालाई प्रतिनिधिका रुपमा तोकिएको छ ।
यस्तै पाटन क्याम्पसमा प्रविन ज्ञवाली, विश्वभाषा क्याम्पसमा धर्मराज शाही, सरस्वती क्याम्पसमा शोभा बस्ताकोटी, काठमाडौँ शिक्षा क्याम्पसमा सुजन बञ्जारा, आरआर क्याम्पसमा गणेश टन्डन, नेपाल ल क्याम्पसमा राजकुमार बस्नेत, नेपाल कमर्श क्याम्पसमा तीर्थ मिश्र, कोटेश्वर क्याम्पसमा एञ्जर कार्की, सानोठिमी क्याम्पसमा जगतजङ्ग विष्ट, आयुर्वेद क्याम्पसमा राजकुमार भट्टराई र पिपल्स क्याम्पसमा पवन थापालाई तोकिएको छ ।
यसैगरी ललितकला क्याम्पसमा सुवास पुरी, मनहरा क्याम्पसमा विजेन केसी, वानेश्वर क्याम्पसमा उत्तम कार्की, भक्तपुर क्याम्पसमा अनिल सापकोटा, एनआर क्याम्पसमा सुनील शर्मा, जनप्रशासन क्याम्पसमा कृष्ण सुवेदी, पब्लिक युथ क्याम्पसमा सुजन बुढामगर, महेन्द्ररत्न क्याम्पसमा गणेश भण्डारी, जनमैत्री क्याम्पसमा उत्तम सुवेदी र कैलाशकुट क्याम्पसमा विन्दा बोगटीलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको संयोजक भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण