पत्रपत्रिका
विदेशी पर्यटकले गर्ने औसत खर्च निकालिँदै
बिहीबार, १८ फागुन २०७९, ०६ : ०९
काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु गरेको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन विदेशी पर्यटकले नेपालमा गर्ने दैनिक औसत खर्चको विवरण लिन सुरु गरिएको बताएका हुन् ।
बैङ्किङ प्रणाली (डिजिटल पेमेन्ट)मार्फत पर्यटकले गर्ने खर्चको तथ्याङ्क पत्ता लागे पनि नेपाल बसाइका क्रममा पर्यटकले गर्ने नगद खर्च तथ्याङ्कमा नसमेटिने भएकाले यस अध्ययनले पर्यटकले गर्ने खर्चको थप प्रस्ट तथ्याङ्क निकाल्न सहयोग पुग्ने उनको भनाइ छ । अध्ययनका लागि ४० दिनको समयावधि तोकिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण