सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखकी श्रीमती गौरी खानविरुद्ध उजुरी दर्ता ? के हो घटना ?

बिहीबार, १८ फागुन २०७९, ०९ : ५३
बिहीबार, १८ फागुन २०७९

शाहरुखकी श्रीमती गौरी खानविरुद्ध लखनउमा एफआइआर दर्ता भएको छ । मुम्बईमा बस्ने एक व्यक्तिले उनी विरुद्ध उजुरी दर्ता गरेका हुन् ।

किरिट जसवन्त शाह नामका व्यक्तिले तुलसियानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेड लखनउमा एउटा फ्ल्याटको विषयमा उनले गौरीविरुद्ध उजुरी दिएका हुन् । शाहका अनुसार उनले करोडौँ रकम पर्ने एउटा फ्ल्याट किनेका थिए र हालसम्म कम्पनीलाई ८६ लाख भारु दिइसकेतापनि उनले फ्ल्याट पाएका छैनन् । गौरी खान यो कम्पनीकी ब्रान्ड एम्बेसेडर भएको हुनाले उनले उनी विरुद्ध उजुरी दिएका हुन् ।

के हो घटना ?

यति मात्रै होइन, यी व्यक्तिले तुलसियानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेडका सिएमडी अनिल कुमार तुलसियानी र निर्देशक महेश तुलसियानीविरुद्ध पनि एफआइआर दर्ता गरेका छन् । सुशान्त गोल्फ सिटी थानाबाट एक भारतीय सञ्चार माध्यमले यसबारे जानकारी पाएको हो । ती व्यक्तिले ब्रान्ड एम्बेसेडर गौरी खानको प्रचार–प्रसारबाट प्रभावित भएर यो फ्ल्याट किनेको पनि बताए । गौरी खानलाई यसबारे केही पनि थाहा नभएको बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप