कोशी प्रदेश नामकरणबारे जनमोर्चा बेखबर !
काठमाडौँ । प्रदेश नम्बर १ को नामकरण भएकोबारे चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा बेखबर बनेको छ । बुधबार राति बसेको प्रदेश सभाको बैठकले दुई तिहाइ बहुमतका साथ प्रदेश नम्बर १ को नाम कोशी राख्ने प्रस्ताव पारित गरेको थियो ।
तर, बिहीबार बिहान अध्यक्ष केसीले एक विज्ञप्तिमार्फत प्रदेश १ को नाम पार्टीले प्रस्ताव गरेअनुसार कोशी राख्नुपर्ने र सोहीअनुसार मतदान हुनुपर्ने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो दलले संविधानसभामा प्रस्तुत गरेको राज्य पुनर्संरचना सम्बन्धी खाकामा सातवटा प्रदेशको नाम गण्डकी, लुम्बिनी, बागमती, कर्णाली, सेती–महाकाली, कोशी र जनकपुर प्रस्तावित गरेका थियौँ । त्यसै नामबाट अधिकांश प्रदेशहरुको नामाकरण भएको छ । प्रदेशका प्रस्तावित नामहरु मध्ये सम्बन्धित प्रदेश सभाहरुले आफ्नो प्रदेशको नाम गण्डकी, कर्णाली, बागमती र लुम्बिनी नामाकरण गरिसकेका छन् । प्रदेश नं १ ले पनि आफ्नो नाम कोशी प्रदेश राख्ने छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’
विज्ञप्तिमा जातीय वा क्षेत्रीय विग्रह पैदा हुने र त्यसबाट देशको राष्ट्रिय एकता खण्डित हुने गरी प्रदेशको नामकरणको विपक्षमा जनमोर्चा रहेको पनि स्पष्ट गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण