राष्ट्रपतिका उम्मेदवार नेम्वाङले माधव, रवि र राजेन्द्रसँग भेटेरै भोट माग्ने
काठमाडौँ । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवास नेम्वाङले बिहीबार अन्य दलका नेताहरूलाई भेटेर मत माग्ने भएका छन् । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेम्वाङले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर मत माग्न तयारी भएको बताएका छन् ।
त्यसका लागि नेम्वाङ बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालय पुग्ने उनको सचिवालयले जनाएको छ । नेम्वाङका साथमा एमाले नेताहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ पनि नेता नेपाललाई भेट्न जानेछन् ।
त्यसैगरी दिउँसो १ बजे नेम्वाङ रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न जानेछन् । रास्वपा केन्द्रीय कार्यालय नेता नेम्वाङसँग सचिव योगेश भट्टराई लगायतका नेताहरू सहभागी हुनेछन् ।
त्यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भोट माग्न दिउँसो साढे २ बजे राप्रपा कार्यालय पुग्ने नेम्वाङले जनाएका छन् । यसअघि नेकपा एमालेको सचिवालय बैठकले कांग्रेसबाहेक सबै दललाई पत्र पठाएर मत माग्ने निर्णय गरेको थियो ।
कांग्रेससहितको आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण