एमाले र विप्लवका विद्यार्थीबीच स्ववियु चुनावमा सहकार्यबारे छलफल
बिहीबार, १८ फागुन २०७९, १० : ४१
काठमाडौँ । नेकपा एमालेनिकट अनेरास्ववियु र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रन्तिकारीबीच स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । आगामी चैत ५ गते स्ववियु चुनाव हुँदैछ ।
बिहीबार काठमाडौँमा अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरू बसेर चुनावमा सहकार्य गर्ने विषयमा छलफल गरेका हुन् । स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा विप्लव नेतृत्वको नेकपाका नेता उमा भुजेल, विद्यार्थी अध्यक्ष प्रकाश शाही उपाध्यक्ष नरेन्द्र विश्वकर्मा सहभागी थिए । यस्तै अनेरास्ववियु समिक बडाल र महासचिव नरेश रोकाया लगायत विद्यार्थी नेताहरू छलफलमा सहभागी भएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै विप्लवलाई तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण