शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले र विप्लवका विद्यार्थीबीच स्ववियु चुनावमा सहकार्यबारे छलफल

बिहीबार, १८ फागुन २०७९, १० : ४१
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेनिकट अनेरास्वविय र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रन्तिकारीबीच स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । आगामी चैत ५ गते स्ववियु चुनाव हुँदैछ । 

बिहीबार काठमाडौँमा अनेरास्ववियु र अखिल  क्रान्तिकारीका विद्यार्थी नेताहरू बसेर चुनावमा सहकार्य गर्ने विषयमा छलफल गरेका हुन् । स्वविय चुनावमा सहकार्य गर्ने विषयमा विप्लव नेतृत्वको नेकपाका नेता उमा भुजेल, विद्यार्थी अध्यक्ष प्रकाश शाही उपाध्यक्ष नरेन्द्र विश्वकर्मा सहभागी थिए । यस्तै अनेरास्वविय समिक बडाल र महासचिव नरेश रोकाया लगायत विद्यार्थी नेताहरू छलफलमा सहभागी भएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै विप्लवलाई तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप