मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सलिम खानको दोस्रो विवाहको सलमामाथि कस्तो थियो असर ? छोरा अरबाज खानले बताए

बिहीबार, १८ फागुन २०७९, १२ : ४८
बिहीबार, १८ फागुन २०७९

बलिउड अभिनेता–निर्माता अरबाज खान आजकाल आफ्नो शो ‘द इन्भिन्सिबल’ का कारण चर्चामा छन् । अरबाज खानको शोमा हालसम्म थुप्रै फिल्मी हस्तीले रोचक खुलासा गरिसकेका छन् । यक्त कार्यक्रममा बलिउड डान्सिङ डिभा हेलेनले पनि उनको र सलिम खानको विवाहको कुरा गरेकी थिइन् । यस्तै अब अरबाज खानले एक अन्तरवार्तामा पिता सलिम खानले दोस्रो विवाहले उनकी आमालाई कस्तो असर परेको थियो भन्नेबारे कुराकानी गरेका छन् ।

जब सलिम खानले गरे दोस्रो विवाह

सलिम खान र सलमाको विवाह सन् १९६४ मा भएको थियो । विवाहपछि सलमा र सलिम खानका चार सन्तान सलमान खान, अरबाज खान, सोहेल खान र अलविरा भए । सलमासँग विवाह भएको १७ वर्षपछि सलिमसँग सन् १९८१ मा हेलेनसँग दोस्रो विवाह गरे । त्यसपछि हेलेनले अर्पितालाई धर्मपुत्रीको रूपमा पालिन् ।

यस्तै, अब इन्डियन एक्सप्रेसलाई दिएको अन्तरवार्तामा अरबाज खानले सलिम खानको दोस्रो विवाह स्विकार्नु उनकी आमाका लागि निकै मुस्किल भएको बताएका छन् । अरबाज भन्छन्, ‘यो गाह्रो थियो, विशेष गरी मेरी आमाका लागि । हामी धेरै नै साना थियौँ । यद्यपि, यसले हाम्रो लालन पालनमा कुनै फरक भने परेन । हामी पहिले जस्तै राम्रो तरिकाले जीवनयापन गरिरहेका थियौँ । ’

उनले थपे, ‘हाम्रा पिताले पूरा सम्मानका साथ दोस्रो विवाह गरे र उनलाई आफ्नो जीवनमा भित्र्याए ।’

सलिम खानले हेलेनलाई दिलाएका थिए काम

हालै अरबाज खानको ‘द इन्भिन्सिबल्स’ शोमा पुगेकी थिइन् । शोमा आफ्नो र सलिम खानको विवाहबारे कुरा गर्दै हेलेनले भनिन्, ‘उनले (सलिम खान) ले मलाई फिल्ममा भूमिका दिएका थिए । हामी साथी बनेका थियौँ । तिम्री आमा (सलमा खान) का लागि निकै कठिन समय रह्यो होला । मलाई लाग्छ, नियतिले नै हामीलाई नजिक ल्यायो । म तपाईँहरू सबैलाई धन्यवाद दिन चाहन्छु । म कहिल्यै पनि सलिम खानलाई उनको परिवारबाट अलग्याउन चाहँदैनथेँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप