सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मालपोत कार्यालय जलेश्वरका सुब्बासहित २ जना अख्तियारको नियन्त्रणमा

बिहीबार, १८ फागुन २०७९, १९ : ०९
बिहीबार, १८ फागुन २०७९

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मालपोत कार्यालय जलेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुसबापत लिइएको नगद ९ हजारसहित मालपोत कार्यालयका सुब्बा र एक लेखापढी व्यवसायीलाई पक्राउ गरेको हो ।

आयोगको टोलीले नायब सुब्बा रामकृष्ण पण्डित र सुवास भू सेवा केन्द्रका लेखापढी व्यवसायी सुवासचन्द्रलाल कर्णलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीहरुले जग्गाको नामसारी गराइदिने मुद्दाका विषयमा घुसबापत उक्त रकम लिएको प्रवक्ता दाहालले जनाए ।

पक्राउ परेका पण्डित जलेश्वर नगरपालिका ११ का स्थायी बासिन्दा हुन् भने कर्ण सम्सी गाउँपालिका ७ का बासिन्दा हुन् । उनीहरुमाथि  थप अनुसन्धान भैरहेको प्रवक्ता दाहालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप