मालपोत कार्यालय जलेश्वरका सुब्बासहित २ जना अख्तियारको नियन्त्रणमा
बिहीबार, १८ फागुन २०७९, १९ : ०९
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मालपोत कार्यालय जलेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुसबापत लिइएको नगद ९ हजारसहित मालपोत कार्यालयका सुब्बा र एक लेखापढी व्यवसायीलाई पक्राउ गरेको हो ।
आयोगको टोलीले नायब सुब्बा रामकृष्ण पण्डित र सुवास भू सेवा केन्द्रका लेखापढी व्यवसायी सुवासचन्द्रलाल कर्णलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीहरुले जग्गाको नामसारी गराइदिने मुद्दाका विषयमा घुसबापत उक्त रकम लिएको प्रवक्ता दाहालले जनाए ।
पक्राउ परेका पण्डित जलेश्वर नगरपालिका ११ का स्थायी बासिन्दा हुन् भने कर्ण सम्सी गाउँपालिका ७ का बासिन्दा हुन् । उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रवक्ता दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण