शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ /पर्यटन

लयमा फर्कँदै पोखराको हवाई उडान, रात्रिकालीन उडान सफल भएपछि खुसीयाली

शुक्रबार, १९ फागुन २०७९, ०८ : ०८
शुक्रबार, १९ फागुन २०७९

पोखरा । माघ १ गते पोखरामा हवाई दुर्घटनापछि सुस्ताएको हवाई उडान लयमा फर्कन थालेको छ । विमानस्थल नजिकै सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनापछि हवाई यात्रुको चाप ५० प्रतिशत घटेको थियो । तर, आजभोलि हवाई उडानका यात्रु बढ्न थालेका छन् । विमानस्थलको आन्तरिक प्रस्थान विन्दुतर्फ यात्रुको चाप बढ्न थालेको छ । यसमाथि बुधबार बेलुका शौर्य एयरलाइन्सले रात्रिकालीन उडान—सेफ ल्यान्डिङ गरेपछि पोखरामा खुसीयाली छाएको हो । 

सौर्य एयरलाइन्सको विमान बुधबार राति पोखरा विमानस्थलमा सफल अवतरण भएको हो । ३३ यात्रु बोकेर काठमाडौँबाट हिँडेको सौर्यको ‘९ एन–एएमई जेट इन्जिन जहाज’ राति ८ः४५ बजे पोखरा विमानस्थलमा सफल अवतरण गरेको प्रमुख विक्रम गौतमले बताए । उक्त विमान पोखराबाट राति नै काठमाडौँ फर्किएको हो । ‘सौर्य एयरलाइन्सले राति नै काठमाडौँ फर्कियो, आउँदा ३३ यात्रु हुनुहुन्थ्यो, जाँदा ४६ यात्रु लिएर फिर्ता गयो,’ प्रमुख गौतमले भने । 

यात्रुले बुधबार दिउँसोको टिकट काटे पनि दिनभर मौसम खराब भएपछि अलपत्र परेका थिए । तर, एयरलाइन्सले यात्रुको सेवा सुविधाका लागि पनि काठमाडौँ—पोखरामा रात्रिकालीन पहिलो उडान गरेको जनाएको छ । ‘दिउँसो नै पोखरा फर्कने भनेर टिकट काट्यौँ । तर, मौसम खराब भनेपछि उडान भएन । हामी सबैलाई राति भए पनि उडान हुन्छ भन्नुभएको थियो,’ बुधबार काठमाडौँबाट पोखरा आएकी रमिलाले भनिन्, ‘तर राति भएपछि उडान भयो । रात्रिकालीन उडान पहिलो भन्ने थाहा थिएन । अहिले सम्झँदा कताकति डर लाग्यो । जे जस्तो भए पनि सुरक्षित साथ यात्रा गर्यौं ।’ 

रात्रिकालीन उडान सुरु भएसँगै डिले भएका उडान सहज हुने विमानस्थल प्रवक्ता जशोदा रेग्मीले बताइन् । ‘रात्रिकालीन उडान सुरु भए डिले भएका उडान पनि नियमित हुन्छ,’ प्रवक्ता रेग्मीले भनिन्, ‘नयाँ विमानस्थलको सुविधा पनि उपयोग रात्रिकालीन उडानसँगै हुन्छ । हामीहरू १८ घण्टा सेवा दिन तयार छौँ ।’ 

आन्तरिक उडान तर्फ बिहानदेखि सुरु भए पनि दिउँसो ४ बजे विमानस्थल बन्द गर्नुपर्ने अवस्थाको रात्रिकालीन उडानसँग अन्त्य भएको हो । बुद्ध एयरले पनि काठमाडौँ रात्रिकालीन उडान फागुन २५ सुरु गर्ने प्रवक्ता दीपेन्द्र कर्णले यसअघि नै जानकारी गराएका छन् । उनले विमानस्थलले म्याचुरिटी पिरियड पार गरेसँगै बुद्धले मार्च ९ गतेबाट रात्रिकालीन उडान जनाएका हुन् । बुद्धले काठमाडौँबाट पोखरा गएर ४ वटा बुद्धको विमान पोखरामा गएर बास बस्ने प्रवक्ता कर्णले बताए । बुद्धले बेलुका ८ बजेसम्म उडान गर्ने छ । सौर्यले पहिलो उडान नै रात्रिको ९ बजेको समयमा गरेको हो । जनवरी १ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलबाट बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले आन्तरिक उडान आएका छन् । यी सबैले रात्रिकालीन उडानको तयारी गरेका विमानस्थल प्रमुख गौतम सुनाउँछन् । 

रात्रिकालीन उडान सुरु भएसँगै डिले भएका उडान सहज हुने विमानस्थल प्रवक्ता जशोदा रेग्मीले बताइन् । ‘रात्रिकालीन उडान सुरु भए डिले भएका उडान पनि नियमित हुन्छ,’ प्रवक्ता रेग्मीले भनिन्, ‘नयाँ विमानस्थलको सुविधा पनि उपयोग रात्रिकालीन उडानसँगै हुन्छ । हामीहरू १८ घण्टा सेवा दिन तयार छौँ ।’ 

विमानस्थल सञ्चालनमा आएको १३–१४ दिनसम्म यात्रुको खचाखच रहे पनि सङ्ख्या नपुग्दा फ्लाइट सख्या खुम्चिएका थिए । यात्रु सङ्ख्या नपुग्दा ३ वटासम्म फ्लाइटलाई मर्ज गरेर एउटै फ्लाइट बनाएर उडान गर्नुपर्ने अवस्थाको यात्रु बढेसँगै अन्त्य हुँदैछ ।

फेब्रुअरी २३ बाट पोखरा विमानस्थल इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) पूरा भइसकेको छ । रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलको म्याचुरिटी पिरियड पार गरेसँगै हवाई फ्लाइट र यात्रु बढ्न थालेका हुन् । प्रवक्ता जशोदाका अनुसार अहिले हवाई यात्रुको सङ्ख्या पनि बढ्न थालेको छ । उनले यात्रा गर्ने यात्रुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको बताइन् । ‘दुर्घटनापछि यात्रुको मनोविज्ञानमा असर परेर होला अहिले यात्रुको सङ्ख्या बिस्तारै बढ्दै छ,’ उनले भनिन्, ‘दैनिक फ्लाइट सङ्ख्या र  यात्रुको सङ्ख्या पनि २ हजार माथि नै छ ।’

विमानस्थल सञ्चालनमा आएको १३–१४ दिनसम्म यात्रुको खचाखच रहे पनि सङ्ख्या नपुग्दा फ्लाइट सख्या खुम्चिएका थिए । यात्रु सङ्ख्या नपुग्दा ३ वटासम्म फ्लाइटलाई मर्ज गरेर एउटै फ्लाइट बनाएर उडान गर्नुपर्ने अवस्थाको यात्रु बढेसँगै अन्त्य हुँदैछ ।

विमान दुर्घटनाअघि ४८ वटासम्म आन्तरिक उडान भएकोमा त्यसपछि पुस १६ गतेसम्म आइपुग्दा २६ वटा फ्लाइटमा खुम्चिएकाको भए पनि यो सङ्ख्याको उल्लेखनीय वृद्धि भएको विमानस्थलले जनाएको छ । पर्यटक आउने सिजन नभए पनि यात्रुको सङ्ख्या बढ्दा विमानस्थलमा खुसीयाली छाएको छ ।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फ बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न कोरियन एयर, बीज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतको चासो देखाएको प्राधिकरणले जनाएको छ ।

अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ, नेपालगन्ज नियमित उडान भइरहेका छ । छिट्टै पोखराबाट बिहान ६ः१५ भद्रपुरका उडान हुने विमानस्थलले जनाएको  हो । यस्तै, भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुनेछ । भद्रपुरबाटको उडानले भारतीय पर्यटकलाई पोखरा भित्र्याउन मद्दत पुग्ने पर्यटन व्यवसायी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप