शाहरुख खानको बङ्गला मन्नतमा हाम फालेर छिरे दुई व्यक्ति
बलिउड अभिनेता शाहरुख खानको बङ्गला मन्नतमा दुई व्यक्ति कसैलाई जानकारी नै नदिई घुसेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले यस मामिलामा दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार बिहान सबेरै पर्खाल नाघेर यी मानिसहरू मन्नत प्रवेश गरेका थिए, त्यसपछि बङ्गलाका सुरक्षाकर्मीले उनीहरूलाई समातेका थिए ।
एएनआईले प्रहरीलाई उद्धृत गर्दै दुवै युवाको उमेर २० देखि २२ वर्ष रहेको र शाहरुख खानलाई भेट्ने इच्छा लिएर गुजरातबाट मुम्बई आएको बताएको छ । दुवै विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले दिएको जानकारीमा दुई जना बिहान ३–४ बजेतिर बङ्गलामा प्रवेश गरेका थिए ।
टाइम्स अफ इन्डियाका अनुसार जब यी दुई युवा मन्नतमा प्रवेश गरे, शाहरुख फिल्म ‘जवान’ को सुटिङका लागि घरबाट बाहिर थिए र लगभग त्यही समयमा मन्नत फर्किएका थिए ।
हाल शाहरुख खान फिल्म ‘जवान’ र ‘डंकी’ को सुटिङमा व्यस्त छन् ।
शाहरुख खानको हालैको फिल्म ‘पठान’ ले बक्स अफिसमा एक हजार करोडभन्दा बढीको कमाई गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण