सुकुम्वासी बस्तीमा नगर प्रहरी प्रमुखलाई आक्रमण गर्ने दुई जना पक्राउ
शुक्रबार, १९ फागुन २०७९, १० : ४६
काठमाडौँ । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुकुम बहादुर लामा र नारायण परिश्रमिक छन् । नारायणलाई सुनसरीबाट र हुकुम बहादुर लामालाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।
मङ्सिर १२ मा थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन खोज्दा उनीहरूले ढुंगामुढा गरेका थिए । महानगरपालिकाको प्रहरी टोलीलाई घरेलु हतियार सहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीलेहरुले आक्रमण गर्दा पाण्डे सहितका प्रहरी घाइते भएका थिए ।
महानगरपालिकाले दिएको जाहेरीका आधारमा प्रहरीले अरोपीहरुविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको सास्ती: बजेट पनि छैन, खर्च पनि हुँदैन !
-
स्थानीय बाली उत्पादन र प्राङ्गारिक खेतीका लागि अनुदान
-
दूधले साँच्चै बलियो बनाउँछ त हड्डी ?
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण