मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड, १२ लाख आवेदकको हात खाली
शुक्रबार, १९ फागुन २०७९, १२ : ०७
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि जारी गरेको २२ लाख ६४ हजार ६५५ कित्ता प्राथमिक सेयर शुक्रबार बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कुल आवेदक मध्ये २ लाख २६ हजार २६५ जनाले जनही १०÷१० कित्ता सेयर हात पारेका छन् भने १२ लाख ११ लाख ९८ हजार ८६ जनाको हात खाली हुन पुगेको छ ।
कम्पनीको आईपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको छ भने ७ हजार ५ आवेदन रद्द भएको सनराइज क्यापिटलले जनाएको छ ।
आवेदकहरु मध्ये ५ जनाले भने ११-११ कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण