मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड, १२ लाख आवेदकको हात खाली
शुक्रबार, १९ फागुन २०७९, १२ : ०७

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि जारी गरेको २२ लाख ६४ हजार ६५५ कित्ता प्राथमिक सेयर शुक्रबार बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कुल आवेदक मध्ये २ लाख २६ हजार २६५ जनाले जनही १०÷१० कित्ता सेयर हात पारेका छन् भने १२ लाख ११ लाख ९८ हजार ८६ जनाको हात खाली हुन पुगेको छ ।
कम्पनीको आईपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको छ भने ७ हजार ५ आवेदन रद्द भएको सनराइज क्यापिटलले जनाएको छ ।
आवेदकहरु मध्ये ५ जनाले भने ११-११ कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि
-
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा
-
१० बजे १० समाचार : थपियो बेरुजु, अर्का पूर्वसैनिकविरुद्ध डिफ्युजन नोटिस
-
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार