उपेन्द्र र महन्थसँग भोट माग्दै सुवास नेम्वाङ
शुक्रबार, १९ फागुन २०७९, १२ : ३६
काठमाडौँ । एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङसहितका एमाले नेताहरुले शुक्रबार जनता समाजवादी (जसपा) र लोकतान्त्रिक समाजवादी (लोसपा) का नेताहरुलाई भेटेर भोट माग्ने भएका छन् । बिहीबार एकीकृत समाजवादी, रास्वपा र राप्रपाका नेताहरुसँग भेटवार्ता गरेर मत मागेका उनीहरुले शुक्रबार जसपा र लोसपालाई भेटेर भोट माग्ने भएका हुन् ।
‘मत माग्ने क्रम जारी छ । आज शुक्रबार जसपा र लोसपाका नेताहरुलाई भेट्ने कार्यक्रम छ’, एमाले सचिव समेत रहेका नेता योगेश भट्टराईले भने, ‘विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटवार्ता सकारात्मक ढंगले भएकाले हामी उत्साहित छौं ।’ जसपा र लोसपा आठ दलीय गठबन्धनमा रहेका छन् । उनीहरुको मत राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा पर्ने निश्चित जस्तै रहेपनि एमालेले मत भने मागिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण