बाँकेमा होली पर्व लक्षित सुरक्षा व्यवस्था कडा
बाँके । प्रहरीले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
पर्वमा कुनै आपराधिक घटना हुन नदिन ‘हाइवे चेकिङ’, एम्बुस चेकिङ, डग स्निफिङ, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसीटिभी निगरानी, स्कटिङ, काउन्टर पार्टस्, क्विक रेस्पोन्स टिम र कमाण्ड पोष्टमार्फत सुरक्षा अवस्था निगरानी हुने गरी योजना बनाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीको टोलीले पर्वमा हुनसक्ने आकस्मिक अप्रिय घटना रोक्न केही दिनअघिदेखि आफूहरूले काम सुरु गरेको उल्लेख गर्दै उनले लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथामलाई चुस्त बनाउन सीमानाकामा विशेष जाँच अभियान सुरु गरेको बताए ।
“हामीले त्यो काम अझ प्रभावकारी होस् भनेर त्यसप्रकारको जाँचमा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिरहेका छौँ”, उनले भने ।
पर्व लक्षित सुरक्षा योजनाबमोजिम सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमुनाहा, लागुऔषध नियन्त्रण ब्यूरो बाँके र के–नाइन शाखा कोहलपुर बाँकेद्वारा संयुक्तरूपमा ‘डग स्निफिङ’ तथा जाँच पनि सुरु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
उनले खासगरी ‘डग स्निफिङ’ बाट केही लागुऔषध बरामद भएको र होटलहरूमा समेत परिचालन गर्ने तयारी भइरहेको बताए । “यहाँको सुरक्षा व्यवस्थालाई लिएर हामी गम्भीर भएर लागेका छौँ”, उनले भने । प्रहरीले सुरक्षा व्यवस्था चुस्त राख्नका लागि गण र गुल्महरूसँग पनि आवश्यक समन्वय गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण