शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बलिउडपछि टलिउड डेब्यु गर्दै मानुषी

शुक्रबार, १९ फागुन २०७९, १७ : ४३
शुक्रबार, १९ फागुन २०७९

मुम्बई । पूर्व मिसवल्र्ड तथा अभिनेत्री मानुषी छिल्लर अब टलिउड फिल्म डेब्यु गर्ने भएकी छन् । २०२२ मा अक्षय कुमारसँग फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउड डेब्यु गरेकी उनले वरुण तेज स्टारर फिल्म ‘वीटी १३’ मा देखिन लागेकी हुन् । फिल्मको टिजर समेत सार्वजनिक भएको छ । सन् २०१७ मा मिस वल्र्डको उपाधि जितेकी छिल्लरले अभिनय गरेको पहिलो फिल्म ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप सावित भएको थियो ।

फिल्म निर्माण संस्था सोनी पिक्चर फिल्म इन्डियाले भर्खरै एउटा भिडियो साझा गरेको छ, जसमा मानुषी छिल्लरलाई फिल्ममा कास्टिङ गर्ने घोषणा गरिएको छ । तेलुगु र हिन्दी भाषामा रिलिज हुने फिल्मको शुक्रबारबाटै छायांकन सुरु भएको बताइएको छ । यो सत्य घटनामा आधारित एक्सन फिल्म हो । यस फिल्ममा वरुण तेज भारतीय सेनाका पाइलटको भूमिकामा देखिनेछन् भने मानुषी रडार अफिसरको भूमिकामा देखिनेछन् ।

फिल्म शक्ति प्रताप सिंहले निर्देशन गर्दैछन् । फिल्मका लेखक आमिर खान र सिद्धार्थ राजकुमार हुन् । सोनी पिक्चर्स इन्टरनेशनल प्रोडक्सन र रेनेसान्स पिक्चर्सका सन्दीप मुड्डाले यो फिल्म निर्माण गर्दैछन् । मानुषीले हालै ‘द ग्रेट इन्डियन परिवार’ फिल्मको सुटिङ पूरा गरेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप