बलिउडपछि टलिउड डेब्यु गर्दै मानुषी
मुम्बई । पूर्व मिसवल्र्ड तथा अभिनेत्री मानुषी छिल्लर अब टलिउड फिल्म डेब्यु गर्ने भएकी छन् । २०२२ मा अक्षय कुमारसँग फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउड डेब्यु गरेकी उनले वरुण तेज स्टारर फिल्म ‘वीटी १३’ मा देखिन लागेकी हुन् । फिल्मको टिजर समेत सार्वजनिक भएको छ । सन् २०१७ मा मिस वल्र्डको उपाधि जितेकी छिल्लरले अभिनय गरेको पहिलो फिल्म ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप सावित भएको थियो ।
फिल्म निर्माण संस्था सोनी पिक्चर फिल्म इन्डियाले भर्खरै एउटा भिडियो साझा गरेको छ, जसमा मानुषी छिल्लरलाई फिल्ममा कास्टिङ गर्ने घोषणा गरिएको छ । तेलुगु र हिन्दी भाषामा रिलिज हुने फिल्मको शुक्रबारबाटै छायांकन सुरु भएको बताइएको छ । यो सत्य घटनामा आधारित एक्सन फिल्म हो । यस फिल्ममा वरुण तेज भारतीय सेनाका पाइलटको भूमिकामा देखिनेछन् भने मानुषी रडार अफिसरको भूमिकामा देखिनेछन् ।
फिल्म शक्ति प्रताप सिंहले निर्देशन गर्दैछन् । फिल्मका लेखक आमिर खान र सिद्धार्थ राजकुमार हुन् । सोनी पिक्चर्स इन्टरनेशनल प्रोडक्सन र रेनेसान्स पिक्चर्सका सन्दीप मुड्डाले यो फिल्म निर्माण गर्दैछन् । मानुषीले हालै ‘द ग्रेट इन्डियन परिवार’ फिल्मको सुटिङ पूरा गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण