स्ववियु निर्वाचन : उपत्यकाका २१ आंगिक क्याम्पस विद्यार्थी संगठन दर्ता
काठमाडौँ । स्ववियु निर्वाचनका लागि काठमाडौँ उपत्यकाका २२ वटा आंगिक क्याम्पसमध्ये २१ वटामा विद्यार्थी संगठन दर्ता भएका छन्।
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि आज संघ संगठन तथा समूह दर्ताको समय तोकेको थियो । सोही आधारमा उपत्यकाका २२ वटामध्ये २१ वटा क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले दर्ता गराएका हुन ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले कृत्तिपुरमा रहेको आयुर्वेदिक क्याम्पसमा दर्ताको प्रक्रिया सुरु नै नभएको बताए । ती बाहेकका अन्य क्याम्पसहरूमा भने उत्साहजनक रूपमा दर्ता गरिएको उनको भनाइ छ।
सबैभन्दा बढी घण्टाघरमा रहेको त्रिचन्द्र कलेजमा २४ वटा संघ संगठन दर्ता भएका छन्। त्यस्तै त्रिवि केन्द्रीय क्याम्पसमा १९ वटा संगठन दर्ता भएका छन्।
उपत्यका बाहिर लमजुङ कृषि क्याम्पस बाहेक सबैमा उत्साहजनक रूपमा दर्ता गरिएको निर्देशक अधिकारीले बताए । कृषि क्याम्पसमा भने फागुन २१ गते दर्ता गरिने उनको भनाइ छ। संघ संगठन दर्ताको सम्पूर्ण जानकारी फागुन २१ गतेसम्ममा विवरण आउने उनको भनाइ छ।
चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको प्रक्रिया आजदेखि सुरु भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण