पीएनजीमाथि नेपालको जित, सन्दीपको करियरकै उत्कृष्ट ब्याटिङ
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले पीएनजीलाई ३ विकेटले हराएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो ।
नेपालका लाग आसिफ शेखले नट आउट ८६ रनको अर्धशतकीय पारी खेले । १३० बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै नेपालका लागि सन्दीप लामिछानेले करियरकै उत्कृष्ट ब्याटिङ गरे । उनले ५० बल खेल्दै ३ चौकाको सहयोगमा ३५ रन बनाए ।
सन्दीपले एकदिवसीय क्रिकेटमा पहिलो पटक ३५ रन बनाए ।
नेपालका लागि कुशल मल्लले २३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पीएनजीका लागि असाड भालले तीन विकेट लिए । त्यस्तै सेमो कामेअ र सेसे बाउले दुई–दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।
पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै हिरी हिरीले ३१ रन बनाउँदा प्लिन दोरीगाले २६ रनको योगदान गरे ।
नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह एरीले दुई–दुई विकेट लिए । त्यस्तै करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले एक–एक विकेट लिए ।
जितसँगै लिग–२ मा नेपाल ३१ खेलबाट ३० अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । पीएनजी ३१ खेलमा ७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण