सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रहरी नहुँदा जहाज दुर्घटनामा निरीह बनेँ : मुख्यमन्त्री अधिकारी

शुक्रबार, १९ फागुन २०७९, २१ : ०९
शुक्रबार, १९ फागुन २०७९

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश प्रहरी नहुँदा जहान दुर्घटनामा निरीह बनेको बताएका छन् । नेपाल कानुन समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै अधिकारीले प्रदेश प्रहरी नहुँदा आपत् विपत् पर्दा प्रहरी परिचालन गर्न नसकेको सुनाए ।

‘जहाज दुर्घटना भयो । १५ मिनटेमा घटनास्थलमा म पुगे । त्यहाँ गएर पुलिस चलाउन पाइनँ, त्यहाँ रेस्क्यु छिटो गर्ने कुरा केही गर्न सकिनँ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘दुर्घटनामा दौरा सुरुवाल लगाएर पुगे, नमस्कार गर्दै बाटो छाड्नुस् बाहेक केही गर्न सकिनँ न उद्धार गर्ने अधिकार प्रदेश सरकारलाई छ ।’ 

अधिकारीले यस्ता दुर्घटनामा प्रदेश सरकार निरीह बन्नुपरेको अवस्था सुनाए । अधिकारीले भने, ‘संघीयता भनेको सबैले बुझने प्रदेश संरचना हो । स्थानीय सरकारमा गाविस, गाउँ पञ्चायत थिए नै । यसरी आश्रित भएर बस्नुपर्ने संघीयता किन चाहियो ?’

प्रदेश सरकारसँग आफ्नो राजस्वको स्रोत पनि नभएको अधिकारी बताउँछन् । उनले प्रदेश सरकारसँग आफ्नै जग्गामा भवन पनि नभएको सुनाए ।  उनले छिट्टै मुख्यमन्त्रहरुको सम्मेलन गर्ने तयारी गरेको सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप