प्रदेश प्रहरी नहुँदा जहाज दुर्घटनामा निरीह बनेँ : मुख्यमन्त्री अधिकारी
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश प्रहरी नहुँदा जहान दुर्घटनामा निरीह बनेको बताएका छन् । नेपाल कानुन समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै अधिकारीले प्रदेश प्रहरी नहुँदा आपत् विपत् पर्दा प्रहरी परिचालन गर्न नसकेको सुनाए ।
‘जहाज दुर्घटना भयो । १५ मिनटेमा घटनास्थलमा म पुगे । त्यहाँ गएर पुलिस चलाउन पाइनँ, त्यहाँ रेस्क्यु छिटो गर्ने कुरा केही गर्न सकिनँ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘दुर्घटनामा दौरा सुरुवाल लगाएर पुगे, नमस्कार गर्दै बाटो छाड्नुस् बाहेक केही गर्न सकिनँ न उद्धार गर्ने अधिकार प्रदेश सरकारलाई छ ।’
अधिकारीले यस्ता दुर्घटनामा प्रदेश सरकार निरीह बन्नुपरेको अवस्था सुनाए । अधिकारीले भने, ‘संघीयता भनेको सबैले बुझने प्रदेश संरचना हो । स्थानीय सरकारमा गाविस, गाउँ पञ्चायत थिए नै । यसरी आश्रित भएर बस्नुपर्ने संघीयता किन चाहियो ?’
प्रदेश सरकारसँग आफ्नो राजस्वको स्रोत पनि नभएको अधिकारी बताउँछन् । उनले प्रदेश सरकारसँग आफ्नै जग्गामा भवन पनि नभएको सुनाए । उनले छिट्टै मुख्यमन्त्रहरुको सम्मेलन गर्ने तयारी गरेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण