प्रदेश प्रहरी नहुँदा जहाज दुर्घटनामा निरिह बनेँ : मुख्यमन्त्री अधिकारी
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश प्रहरी नहुँदा जहान दुर्घटनामा निरिह बन्नुपरेको बताएका छन् । नेपाल कानुन समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै अधिकारीले प्रदेश प्रहरी नहुँदा आपत विपत पर्दा प्रहरी परिचालन गर्न नसकेको सुनाए ।
‘जहाज दुर्घटना भयो । १५ मिनटेमा घटनास्थलमा म पुगें । त्यहाँ गएर पुलिस चलाउन पाइनँ, त्यहाँ रेस्क्यु छिटो गर्ने कुरा केही गर्न सकिनँ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘दुर्घटनामा दौरा सुरुवाल लगाएर पुगें, नमस्कार गर्दै बाटो छाड्नुस् भन्ने बाहेक केही गर्न सकिनँ न उद्धार गर्ने अधिकार प्रदेश सरकारलाई छ ।’
अधिकारीले यस्ता दुर्घटनामा प्रदेश सरकार निरिह बन्नुपरेको अवस्था सुनाए । अधिकारीले भने, ‘संघीयता भनेको सबैले बुझ्ने प्रदेश संरचना हो । स्थानीय सरकारमा गाविस, गाउँपञ्चायत थिए नै । यसरी आश्रित भएर बस्नुपर्ने संघीयता किन चाहियो ?’
प्रदेश सरकारसँग आफ्नो राजश्वको स्रोत पनि नभएको अधिकारी बताउँछन् । उनले प्रदेश सरकारसँग आफ्नै जग्गामा भवन पनि नभएको सुनाए । उनले छिट्टै मुख्यमन्त्रीहरुको सम्मेलन गर्ने तयारी भैरहेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण