शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

सुदूरपश्चिम सरकारलाई यथास्थितिमा विश्वासको मत दिन सकिँदैन : माओवादी

शनिबार, २० फागुन २०७९, २३ : ०१
शनिबार, २० फागुन २०७९

धनगढी  । नेकपा माओवादी केन्द्रले तत्काललाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । मुख्यमन्त्री शाहले आइतबार (फागुन २१ गते) विश्वासको मत लिन गइरहेको बेला माओवादीले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्रीसँगको बैठकपछि माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले भने, ‘यथास्थितिमा अझै पनि विश्वासको मत दिने वातावरण बनेको छैन । त्यही कुराको निर्णय हामीले केन्द्रीय कार्यालयमा पठाएका छौँ। केन्द्रको निर्णयको पखाइमा छौँ ।’ माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्वसहित प्याकेजमा पावर सेयरिङ हुनुपर्ने माग राख्दै आएको छ ।

शाहले प्रदेशसभामा आइतबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । सो प्रयोजनका लागि आइतबार दिउँसो १ बजे बस्नेगरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिने व्यवस्था मिलाइदिन सभामुखलाई पत्र पठाएअनुसार बैठक आह्वान गरिएको हो ।

प्रदेशसभामा ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाहले सरकार गठन गरेका छन् । उनी मुख्यमन्त्री बनेपछि केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेशसभामा सोही अनुसारको राजनीतिक समीकरण बन्ने आँकलन गरिएको थियो । तर माओवादीको पत्रले थप अन्योल सिर्जना गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप