पठानलाई अझै दर्शकको साथ, कति गर्यो कमाइ ?
आइतबार, २१ फागुन २०७९, ०८ : ३२

मुम्बई । शाहरुख खान अभिनीत बलिउड चलचित्र पठानले अझै पनि दर्शकको साथ पाइरहेको छ । चलचित्रले हालसम्म १ हजार २६ करोड सङ्कलन गरिसकेको छ ।
गत जनवरी २५ मा रिलिज भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम सङ्कलन गरेर कीर्तिमान कायम गरेको छ ।
यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोड भन्दा माथिको कीर्तिमानलाई तोड्दै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर कीर्तिमान कायम गरेको हो ।
सो फिल्ममा शाहरुखको अलबा, दीपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ ।
बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले कीर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ । दक्षिणी फिल्महरूले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानको कीर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरुले टिप्पणी गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’
-
मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू
-
योजना आयोगका उपाध्यक्ष अधिकारी र अर्मिडा सेल्सियाबिच भेटवार्ता