पठानलाई अझै दर्शकको साथ, कति गर्यो कमाइ ?
आइतबार, २१ फागुन २०७९, ०८ : ३२
मुम्बई । शाहरुख खान अभिनीत बलिउड चलचित्र पठानले अझै पनि दर्शकको साथ पाइरहेको छ । चलचित्रले हालसम्म १ हजार २६ करोड सङ्कलन गरिसकेको छ ।
गत जनवरी २५ मा रिलिज भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम सङ्कलन गरेर कीर्तिमान कायम गरेको छ ।
यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोड भन्दा माथिको कीर्तिमानलाई तोड्दै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर कीर्तिमान कायम गरेको हो ।
सो फिल्ममा शाहरुखको अलबा, दीपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ ।
बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले कीर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ । दक्षिणी फिल्महरूले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानको कीर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरुले टिप्पणी गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण