बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयमा ३ वटा विद्यार्थी संगठनबीच तालमेल हुने

आइतबार, २१ फागुन २०७९, १४ : ४७
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयमा तीन वटा विद्यार्थी संगठनबीच चुनावी तालमेल हुने भएको छ । चैत ३ गते हुन गइरहेको स्ववियु निर्वाचनमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच चुनावी तालमेल हुने भएको हो । 

त्यसका लागि तीन वटै विद्यार्थी संगठनको संयुक्त बैठक बसेको थियो । बैठकमा तीन वटा बाम विद्यार्थी संगठनहरू एक ठाउँमा उभिएर चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् । 

अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले स्ववियु निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका पदमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरिएको बताए । 

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा १० वटा आंगिक क्याम्पसमा तिन वटा विद्यार्थी संगठनबीच चुनावी तालमेल हुन लागेको हो । सबैमा पदमा तालमेल गरेर उम्मेदवारी दिने र उम्मेदवारी दिएका उम्मेदवारलाई जिताउन अगाडि बढ्ने सहमति भएको उपाध्यक्ष घर्तीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप