मध्यपश्चिम विश्वविद्यालयमा ३ वटा विद्यार्थी संगठनबीच तालमेल हुने
काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयमा तीन वटा विद्यार्थी संगठनबीच चुनावी तालमेल हुने भएको छ । चैत ३ गते हुन गइरहेको स्ववियु निर्वाचनमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच चुनावी तालमेल हुने भएको हो ।
त्यसका लागि तीन वटै विद्यार्थी संगठनको संयुक्त बैठक बसेको थियो । बैठकमा तीन वटा बाम विद्यार्थी संगठनहरू एक ठाउँमा उभिएर चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् ।
अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले स्ववियु निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका पदमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरिएको बताए ।
मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा १० वटा आंगिक क्याम्पसमा तिन वटा विद्यार्थी संगठनबीच चुनावी तालमेल हुन लागेको हो । सबैमा पदमा तालमेल गरेर उम्मेदवारी दिने र उम्मेदवारी दिएका उम्मेदवारलाई जिताउन अगाडि बढ्ने सहमति भएको उपाध्यक्ष घर्तीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण