बागबजारबाट ११ लाख जरिवाना ठहर भएका अर्याल पक्राउ
आइतबार, २१ फागुन २०७९, १७ : ३२
काठमाडौँ । बागबजारबाट बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । आइतबार जिल्लाको विराटनगर महानगरपालिका–१५ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ३५ वर्षीय आवास भन्ने आभाश अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले अर्याललाई बैंकिङ कसूरमा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसलगत्तै फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । अर्यालले २०७७ चैत ११ गते दिएको नविल बैंकको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई जिल्ला अदालत काठमाडौँको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण