शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
होली

होलीमा कमसल खालको रंग खेल्दा स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ

होली छालाको स्याहार कसरी गर्ने ?
सोमबार, २२ फागुन २०७९, ०७ : २७
सोमबार, २२ फागुन २०७९

काठमाडौँ । आजफागु पूर्णिमा, अर्थात् रंगहरूको पर्व। पहाडी जिल्लामा हर्षोल्लासका साथविभिन्न किसिमका रंग एक आपसमा दलेर मनाउने गरिन्छ । तर रंगको गुणात्मकता थाहा नपाई एक आपसमा दल्दा स्वास्थ्यमा गम्भीर खालको समस्या उत्पन्न हुन सक्ने वीर अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर लैला लामा बताउँछिन् । 

बजार पाइने रंगहरूमा विभिन्न रसायन मिश्रण गरिएको हुनाले रंगको गुणस्तर थाहा पाएर मात्रै रंग खेल्न डा. लामाको भनाइ छ । फागु पूर्णिमा होली खेल्नुभन्दा अघि रंग कसरी खेल्ने भनेर तयारी गरी खेलेको खण्डमा छालामा असर नगर्ने उनी बताउँछिन् । कहिलेकाहीँ सावधानी अपनाएर होली खेल्दा पनि छालामा समस्या देखिएर अस्पताल पुग्ने गरेको उनले बताइन् । उनी भन्छिन्, ‘होली खेल्दा छालाको सावधानी अपनाएर मात्रै हुँदैन । होली खेल्ने रंगको बारे जानकार हुनुपर्छ ।’ 

पछिल्लो समय बजारमा सस्तो रसायन मिसिएका थरिथरिका रंगले होली खेल्दा छालामा थप जटिलता थपिएर छाला बिरामी अस्पताल पुग्ने गरेका छन् । रसायनयुक्त रंग प्रयोगले अल्पकालीन तथा दीर्घकालीन समस्या देखाउने भएकाले ख्याल गर्नुपर्ने विज्ञको भनाई छ ।

मिसावट रंगबाट देखिने समस्या 

होली खेल्ने क्रममा मिसावटयुक्त रंगमा छालालाई असर गर्ने केमिकल हुने भएकाले एलर्जी गराउँछ । जसले गर्दा छाला पोल्ने, चिलाउने, घाउ हुने, कपाल गर्ने, शरीरमा विभिन्नका बिमिराहरू आउने र छालासम्बन्धी स्वास्थ्य समस्या देखिन सक्छ । 

धेरै टल्किने पेट्रोलियम पदार्थको जस्तो गन्ध आउने भिन्न किसिमका टल्किने रंगले होली खोल्दा स्वास्थ्य गम्भीर खालका स्वास्थ्य समस्या देखिने उनले बताइन् । हानिकारक रंगहरूको प्रयोग गर्दा दीर्घकालीन रोग क्यान्सरसम्म गराउन सक्ने भएकाले सचेत हुन छाला रोग चिकित्सकहरू सुझाव दिन्छन् । 

रसायनयुक्त रंगहरू राम्रोसँग पनि पखालिँदैन । रसायनयुक्त चम्किला रंगहरू प्रयोग गर्नुको साटो फूल तथा बोटबिरुवाबाट बनेका रंगको प्रयोग गरेमा छाला तथा अन्य स्वास्थ्य असर नगर्ने लामाले बताइन् । मिसावटयुक्त रंगबाट हुने एलर्जी दुई किसिमको हुन्छ । होली खेल्दा रंगसँग प्रयोग हुने केमिकलका कारण छालामा दुई किसिमका समस्या देखिन्छ । कसैलाई मन्द किसिमको केमिकलयुक्त रंग लगाएपछि दुई तीन  दिन पछि छालामा एलर्जी देखिन्छ । त्यसबेला फोका, दानाहरू आउने, चिलाउने, छाला खस्रो हुने समस्या देखा पर्न सक्छ । यस्तै, दोस्रो चाहिँ अल्लि चर्को अर्थात् एसिड जातको रंग छालामा पर्नासाथ तुरुन्त छाला जाने, पानी फोका जस्तो उठ्ने हुन सक्छ ।

यस्तो समस्या आउनुका मुख्य कारणहरूमा छालाको कस्तो प्रकारको छ त्यसमा भरपर्छ । रंग लगाएर लामो समयसम्म बस्दा छालामा झन् असर गर्छ । होली खेल्नु भन्दा अघि छालामा तेल युक्त मोइस्चेराइजर लगाउनुपर्छ । सनस्क्रिन लगाउँदा अनुहार र घाँटीमा लगाउनुपर्छ । जति केमिकल युक्त रंग जति कम प्रयोग गरियो त्यति एलर्जी कम हुन्छ । जसका कारण नरम तथा कडा खालको एलर्जी कम हुने उनले बताइन । जति रंग लगाएर जति लामो समयसम्म बस्यो त्यति छालामा असर पुर्‍याउने उनले बताइन । रंगमा प्रयोग गर्दा बोटबिरुवाबाट बनेको मन्द किसिमको रंगले छाला खासै असर नगर्ने उनले बताए । 

होली छालाको स्याहार कसरी गर्ने ?

–रंग मनतातो पानीले पखालिसकेपछि मोइस्चराइजर लगाउनुपर्छ ।

–रंग खेल्दा शरीर ढाक्ने गरी लुगा लगाउनुपर्छ ।

–रसायनयुक्त पानी धुलोबाट छालालाई जोगाउनुपर्छ ।

–होली खेल्दा सकेसम्म १० बजेदेखि ४ बजेसम्मको सूर्यको किरणले असर गर्ने भएकाले छाहरीमा खेल्नुपर्छ ।

–सनस्क्रिन लगाउँदा अनुहार र घाँटीमा लगाउनुपर्छ ।

–आँखालाई बचाउने र त्यसका लागि होली खेल्दा दिनभर मोटो र बाक्लो खालको चस्मा लगाउने । कनट्याक्ट लेन्स भने लगाउनुहुँदैन । 

होली खेल्दा सावधानी नअपनाइएमा आँखाको घाउ हुने, नाक, मुख,कानबाट केमिकलयुक्त रंग पसेमा आँखाको एर्लेजी, आँखामा सङ्क्रमण भई अन्धोपन समेत आउन सक्ने भएकाले होली खेल्दा बाक्लो खालको चस्मा लगाउनुपर्छ । आँखामा रंग परेको खण्डमा मिच्न हुँदैन । लगातार सफा पानीले पखाल्नुपर्छ । यस्तै केमिकलयुक्त रंग नाक मुखमार्फत छातीमा पसेमा स्वास्थ्य गम्भीर खालको असर समेत पुर्‍याउन सक्ने उनले बताइन । त्यसैले लामो समयसम्म रंग नखेल्न उनको सुझाव छ । 

केमिकलयुक्त रंग प्रयोग नगरौँ 

बजारमा टल्कने विभिन्न किसिमका रंगहरू पाइने हुनाले जुन पायो त्यही रंग प्रयोग नगर्न डा. लामाको सुझाव छ । विभिन्न बोटबिरुवा मार्फत बनाइएका रंगहरूको होली खेल्न उनको आग्रह छ । विभिन्न बोटबिरुवा तथा फुलहरू, पिठो, तरकारी लगायतबाट बनाइएका रंगहरू प्रयोग गरेका  छालामा खासै समस्या नदेखिने उनले बताइन् । 

गर्भावस्थामा रंग खेल्न हुन्छ  ?

पूर्णमा बालबालिका, गर्भवती पनि होली खेल्ने गर्छन् । छाला रोग विशेषज्ञ डा. लामाका अनुसार गर्भावस्था महत्त्वपूर्ण समय हो । यो अवस्थामा सकेसम्म बजारमा पाइने रंग खेल्दा स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ । बोटबिरुवा तथा फूलको गन्ध आउने र एलर्जी कम हुने रंग प्रयोग गरेर खेल्न उनको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप