महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा नेपाल प्रहरीलाई सहयोग
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय, टेकु, काठमाडौँलाई विभिन्न सामग्री सहयोग गरेको छ ।
बैंकको केन्द्रिय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ्ग बोर्ड, सामाजिक जनचेतनामुलक पुस्तिका, आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर र मास्क हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालीन समयमा प्रहरी चेकिङ्ग गर्न सहयोग पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो ।
सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र, नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाँउका वरिष्ठ प्रहरी नायब निरीक्षक वसन्त थापालाई बैंकका निक्षेप बजारीकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
त्यसैगरि बैंकको शंखमुल शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, टेकुलाई फ्लोरेसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुका प्रहरी उपरिक्षक सिताराम रिजाललाई शंखमुल शाखाका प्रमुख पुण्य श्रेष्ठले उक्त सामाग्री हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण